बाह्रहाते पटुकीमा यसरि कम्मर मर्काइन रजनीले (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘परदेशी’ बाट दर्शकमाझ चर्चित बनेकी नायिका रजनी केसी को नयाँ चलचित्र ‘पटुकी’को गित सार्बजनिक गरिएको छ । केहि दिन अगाडी अफिसल पोस्टर सार्बजनिक गरेको उक्त चलचित्रले अहिले लोक शैली सहितको टाइटल गीत सार्बजनिक गरेको हो । सार्बजनिक गीतमा राजनराज सिवाकोटि र अन्जु पन्तको स्वर रहेको छ भने राजन राजले नै संगीत दिएका छन् । उक्त गीतको कोरियोग्राफी शिब बिकले गरेका हुन । कुनै एउटा मेलालाई लिएर तयार बनाइएको गीतको छायांकन नवलपरासीमा गरिएको हो ।

आउदो पुष २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र लाई म्याक टेन कालुले निर्माण गरेका हुन । राम नेपालको निर्देशन रहेको ‘पटुकी’ मा रजनी केसी सगै जेम्स बिसी,दिपक कडेल लगायतका कलाकारको अभिनय रहेको छ ।