पल र आंचल स्याड मुडमा ! जोनी जेन्टल म्यान नयाँ पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

योर स्टाइल र ए.जी.इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्र जोनी जेन्टल म्यानको प्रदर्शन मिति सहितको नयाँ पोस्टर सार्बजनिक गरिएको छ । यस अघि सार्बजनिक पोस्टरमा पल र आंचल लाइ रोमान्टिक देखाईएको थियो भने अहिले सार्बजनिक पोस्टरमा स्याड मुडमा देखाईएको छ । पल शाह र आंचल शर्माको मुख्य भूमिका रहेको चलचित्र भदौ ३० गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ दुइ वटा गीत सार्बजनिक भई सकेको चलचित्रको अब केहि दिनमा ट्रेलर सार्बजनिक गरिने कार्यकारी निर्माता अजय मल्लले सेलिब्रेटी नेपाल लाइ जानकारी गराए ।

चलचित्रमा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ भने प्रशान्त तामाङको नृत्य निर्देशन रहेको छ । चलचित्रका निर्माता एन्ड्रिउ पौडेल हुन् भने अजय मल्ल यसका कार्यकारी निर्माता रहेका छन् । नितिन चन्दले निर्देशन गरेको चलचित्र कमेडी,एक्सन र प्रेमको समिश्रण रहेको छ ।