पल र आँचल सहित ‘जोनी जेन्टलम्यान’ टिम मोफसलमा


सेलिब्रेटी नेपाल काठमाडौँ
प्रदर्शन मिति नजिकिए संगै चलचित्र ‘जोनी जेन्टलम्यान’टिम प्रचार प्रसारमा लागि परेको छ । प्रचार प्रसार कै क्रममा चलचित्रका मुख्य कलाकार पल शाह र आंचल शर्मा संगै निर्माता टोलि मोफसल दौडाहामा रहेको छ। केही दिन पहिले मोफसलको दौडमा हिडेको चलचित्र युनिट पोखरा, बुटवल हुँदै मंगलबार नारायनघाट पुगेको छ । बुधबार हेटौडा प्रचार सहित टोली राजधानी फर्किने निर्माता अजय मल्ल ठकुरीले बताए ।

मोफसलको दौडका क्रममा चलचित्र युनिटले बिभिन्न ठाउँमा पत्रकार भेटघाटको कार्यक्रम समेत गरेका छन् । कार्यक्रममा ‘जोनी जेन्टलम्यान’ टिमले चलचित्रको प्रचार प्रसार गर्दै दर्शकसँग अन्तरकृया समेत गरेको छ । अन्तरकृयामा चलचित्र प्रति दर्शकको सकारात्म सोच पाएको निर्माण युनिटले जनाएको छ । मोफसलको दौडमा चलचित्रका कलाकार पल शाह र आँचल शर्माको समेत राम्रो क्रेज देखिएको निर्माण युनिटको भनाई रहेको छ ।

‘जोनी जेन्टलम्यान’ नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको चलचित्र हो । चलचित्रमा पल शाह, आँचल शर्मा, विकास जोशी, जैना कुँवर, सन्तोष शिलवाल गिरी लगायतको अभिनय रहेको छ । रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन रहेको चलचित्रका कार्यकारी निर्माता अजय मल्ल ठकुरी हुन् ।