सेलेब्रिटी नेपाल असोज ३०-नेपाली चलचित्र को लिस्ट मा अर्को एउटा चलचित्र उमा थपिने कुरा को जानकारी सोमबार एक कार्यक्रम का बीच गराइयो निर्देशक छिरिङ रितार शेर्पाको अब बन्न लागेको चलचित्र को नाम हो उमा ।मिला प्रोडक्सन प्रा.लि..को प्रस्तुति रहेको सिनेमा उमा मा ऋचा शर्मा लिड रोल मा देखिने छिन् । ऋचा बाहेक सौगात मल्ल, दयाहाङ राई, निर्देशक तुलसी घिमिरे, अशोक शर्मा पनि सिनेमामा मेन रोलमा प्रस्तुत हुनेछन् । यस सिनेमामा अशोक शर्मा डिएसपीको भूमिकामा देखिने छन् भने तुलसी घिमिरे सिनेमा भित्र पनि निर्देशककै रुपमा प्रस्तुत हुँदै छन् ।निर्देशक छिरिङ स्वयम् र मुख्य सहायक निर्देशक छिरिङ छोदेनको कथामा निर्माण हुन लागेको उमा मा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहनेछ । सिनेमामा स्वर्गीय गोपाल योञ्जनको गीत समेत राखिने भएको छ । त्यस्तै अभय एण्ड स्टिम इन्जिन व्यान्डको संगीत पनि सिनेमामा राखिने भएको छ । चलचित्र को सुटिंग दशैं लगत्तै सुरु गरिने कुरा को जानकारी पनि उक्त कार्यक्रम मा गराइयो।
सम्बधित पोस्टहरु
अन्जु-किरणको ‘छेउमा नआउ कान्छी तिमी’ रिलिज
गायिका अन्जु पन्त तथा किरण भुजेलको युगल स्वर रहेको ‘छेउमा नआउ कान्छी तिमी’ बोलको गीत रिलिज भएको छ। रमेश एम के पौडेलको शब्द तथा शान भुषालको संगीतमा तयार भएको यो गीत ‘डान्स बिट’मा रहेको छ। गीतको भिडियोमा...
५१ औँ दिनको यात्रामा ‘महाजात्रा’
काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको पाचौँ साता पार गर्दा पनि...
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत
काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमाको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको...
धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ मा आउने
काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु...
‘खजुरे ब्रो’ निर्देशक भन्छन्- फिल्म बनाउँछु भनेर जबरदस्ती बनाउन भएन
दोश्रो सिनेमामा निर्देशनमा झण्डै दशकको समय लगाएका निर्देशक सुरज सुनुवारले राम्रो कथा नभेटेरै यति समय लागेको बताएका छन्। ‘तपाईंसँग रोचक कथा हुनुपर्यो, त्यो बेला मसँग सिनेमा बनाउँछु भनेर कथा पनि भएन। यस्तोमा फिल्म...
‘मनसरा’ निर्देशकलाई यसपटक टाउको दुखेको छैन्
कवि हुँदै सिनेमा लेखन र सिनेमा लेखनपछि ‘जारी’बाट निर्देशकमा डेब्यू भएका उपेन्द्र सुब्बा सो सिनेमालाई पचास प्रतिशत मात्रै दिन्छन्। भन्छन्- तर मेरो लेखाइमाचाँहि बडो सुन्दर थियो। उनी ‘जारी’को पहिलो कट हेरेर...