नारायणको मायामा बेनिशा ‘तर्की तर्की’ हिंडे पछि …(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक नारायण धितालको स्वरमा रहेको गीत ‘तर्की तर्की’ को भिडियो सार्वजनिक गरिएको छ । एल्बम ‘जय मायाप्रेम’ मा समावेश यस गीतलाई वि स्टार नेपालको अफ़िसिएल युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा नारायणसँगै बेनिशा हमाल , अर्जुन रत्न भिकारीको अभिनय रहेको छ । हिमाली भेगको मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा नारायण र बेनिशाको मायाको कथालाई प्रस्तुत गरिएको छ ।

गीतमा शब्द अर्जुन रत्नको रहेको छ भने संगीत चेतन सापकोटाले दिएका छन् । गीतलाई एरेन्ज महाराज थापाले गरेका हुन् । गीतमा सुदिप बरालको छायाँकन , निशान घिमिरेको सम्पादन र युबराज वाइवाको निर्देशन रहेको छ ।