‘मिष्टर नेपाल २०१८’ को आवेदन खुल्ला, ‘मिष्टर नेपाल’को मञ्चमा अब ४ विजेता छानिने


सेलिब्रेटी नेपाल काठमाडौँ

‘मिष्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगी छानिने भएको छ । आयोजक एक्सपोज नेपालले अबदेखि अन्तराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरेर मिष्टर नेपालको मञ्चबाट नयाँ ‘मिष्टर नेपाल’का साथै एकसाथ अन्य तीन प्रतियोगी समेत छानिने जानकारी दिएको छ । जसबाट छानिएका मध्य ‘मिष्टर नेपाल’ले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्र्ड’मा सहभागी जनाउने छन् भने अन्यले अन्तर्राष्ट्रिय प्रतियोगिता क्रमशः ‘मिस्टर युनिभर्सन एम्वेस्टर’,‘म्यान अफ द इयर’ र ‘मिस्टर नेशनल युनिभर्स’ मा सहभागीता जनाउने छन् ।

राजधानीको होटल अन्नपूर्णमा मंगलबार आयोजित एक कार्यक्रममा ‘मिष्टर नेपाल’ को नयाँ सिजन ‘मिष्टर नेपाल २०१८’ को आवेदन समेत खुल्ला भएको जानकारी दिइयो । १८ बर्षदेखि २८ बर्ष ननाघेका युवाहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको शहरमा प्रतियोगिताको पहिलो चरणको अडिसन आयोजना हुनेछ । पहिलो चरणको अडिसनबाट मात्र छानिएका प्रतियोगीलाई फाइनल प्रतिस्पर्धामा सहभागी गराउने कार्यक्रममा बताइएको छ ।

यस बर्षको मिष्टर नेपाल बिजेताले चलचित्र, युजिक भिडियो अभिनय अफरका साथै सुजुकीले भर्खर बजारमा ल्याएको नयाँ बाइक ‘सुजुकी इन्टडर’ समेत प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा एक्सपोज नेपालकी सिइयो अर्चना थापा र सुजुकी बाइकका मार्कटिङ म्यानेजर नवराजले बाइक पुरस्कार सम्बन्धमा सम्झौता समेत गरेका थिए ।

प्रतियोगिताको सहभागिताका लागि आवेदन फर्म एक्सपोज नेपालको कुपन्डोल स्थित कार्यलय र वेभसाइट ww.misternepal.com.np बाट पनि भर्न सकिनेछ । असारको पहिलो सातादेखि अडिसन सुरु हुने प्रतियोगीताको अन्तिम स्पर्धा मिति अडिसन राउड सकिएपछि सार्वजनिक गरिने आयोजले जनाएको छ । मिष्टर नेपालको अफिसियल कोरियोग्राफर मोडल दिक्पाल कार्की रहेका छन् ।