मिस टिन प्रिन्सेस नेपालको उपाधि सजिनाले हात पारिन्


सेलिब्रेटी नेपाल काठमाडौँ

१६ प्रतिस्पर्धीलाई पार्दै ‘मिस टिन प्रिन्सेस नेपाल–२०१६’को उपाधि सजिना खनालले जितेकी छिन् । रेयाम्पजोन इन्टरप्राईजेज प्रालिले आयोजना गरेको सो प्रतियोगितामा क्राउनसँगै सजिनाले विभिन्न उपहार प्राप्त गरिन् ।

सरोज खनाल र जिन्तु नकर्मीकी छोरी सजिनाले ताज पहिरिए पछि आफूले पनि बाबुआमाकै पथमा हिँड्ने बताइन् । सजिनाले उपाधिसँगै म्युजिक भिडियो र विज्ञापन खेल्ने अवसर समेत जितेकी छन् । प्रतियोगितामा फस्ट रनर अप प्रिया खड्काले, सेकेन्ड रनरअप सृस्टी मोडल र थर्ड रनरअपको उपाधि सुष्मा थापाले हाँसिल गरे । उनीहरुले पनि उपाधिसँगै विभिन्न उपहार प्राप्त गरे ।

प्रतियोगितामा प्रसँसा ताम्राकारले मोस्ट पपुलर र बेस्ट हेयरको, रुबिसा श्रेष्ठले बेस्ट क्याटवाकको, पुजा तामाङले मोस्ट डिसिप्लेनको, सुनैना चौधरीले मोस्ट व्युटिफुल र बेस्ट स्किनको, रेनु सेन्चुरीले मोस्ट चार्मिङको उपाधि हासिल गरे ।

अभिनेत्री रोशनी केसी, जेबिका कार्की, अभिनेता नविन लम्साल, सँगीतकार अनिल शाही, पत्रकार सरोज प्याकुरेल, व्यबसायी बालकृष्ण पोखरेले, वल्ड नेवा अर्गनाईजेनशकी अध्यक्ष बबिता प्रधान लगायत प्रतियोगीताको निर्णायक रहेका थिए ।