मिस, मिष्टर र मिसेस राजधानी २०१८ को आबेदन फर्म खुल्ला


सेलिब्रेटी नेपाल

काठमाडौँ: एक्सपोज नेपालले विगतका बर्षझैं यस बर्ष पनि एकसाथ मिस, मिष्टर र मिसेस राजधानी २०१८–नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार एक विज्ञाप्ति जारी गर्दै एक्सपोजले तीनै प्रतियोगिताको लागि आवेदन खुल्ला भएको जानकारी गराएको हो । यी प्रतियोगितामा युवायुवती देखि विवाहित महिलासम्मले भाग लिन सक्नेछन् ।

युवायुवतीका साथै विवाहित महिलाहरुको प्रतिभा निखार्दै जिम्मेवार नागरिक बन्न प्रोत्साहित गर्ने उद्धेश्य प्रतियोगिताको रहेको एक्पोज नेपालका म्यानेजिङ डाइरेक्टर अर्चना थापाले जानकारी दिइन् ।

तीनमध्ये ‘मिस राजधानी २०१८’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानीमा २०१८’ १५ वर्षदेखि १९ वर्षसम्म उमेरका युवा र ‘मिसेस राजधानीमा २०१८ ’ २१ वर्षदेखि ४५ वर्ष ननाघेका विवाहित महिलाले सहभागिता जनाउन सक्नेछन् ।

शीर्षसहित दर्जन बढी विधामा पुरस्कृत गरिने प्रतियोगिताको आवेदन फारम कुपन्डोलस्थित एक्पोज नेपालको कार्यालय तथा एक्सपोज नेपालको आधिकारीक पेजबाट पनि भर्न सकिने आयोजकले जनाएको छ ।