मलिना र मनिष एक अर्कालाइ भन्दैछन् ‘तिमी हुन्छौ जहाँ जहाँ’


सेलिब्रेटी नेपाल काठमाडौँ

असार ८ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ टिम प्रचार प्रसारमा ब्यस्त रहेको छ अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ अभिनीत नयाँ चलचित्र ले सोमबार राजधानीमा पत्रकार भेटघाट गर्दै चलचित्रको बारेमा जानकारी गराए यसअघि यी दुईले चलचित्र ‘रानी’ मा संगै काम गरेका थिए ।

‘तिमी हुन्छौ जहाँ जहाँ’ उत्कृष्ट चलचित्र बनेको बताउँछन् । निर्देशक विकाश बस्यालले युवापुस्ताका दर्शकलाई लक्षित गरेर चलचित्र निर्माण गरिएको बताए । उनी भन्छन्, ‘एउटा सरल कथावस्तुमा निर्माण भएको चलचित्र हो ‘तिमी हुन्छौ जहाँ जहाँ’ । बनिरहेका चलचित्रहरुभन्दा फरक बनाउने प्रयास गरेका छौं ।’ अभिनेत्री मलिना जोशीले युवापुस्ता केन्द्रित लभस्टोरी चलचित्र रहेको बताइन् ।

मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा छिन् । स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।