‘म त नेपाली’ भन्दै शुसिला (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका शुसिला पाठकको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘म त नेपाली’ बोलको गीतको भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको छ । अम्बिका गुरुङको शब्द रहेको गीतमा सङ्गीत शीलाबहादुर मोक्तानको रहेको छ । गीतको म्युजिक भिडियोमा गायिका पाठक स्वयमले अभिनय गरेकी छन उनको साथमा जुना सुन्दास र दिपकराजको अभिनय रहेको छ । समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोलाइ ज्ञानेन्द्र शर्मा र निरज श्रेष्ठले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका छन् ।