‘कृ’ पहिलो गीत ‘यति यति पानी गंगा रानी’ सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

यस बर्षको बहुप्रतिक्षित चलचित्र कृ को पहिलो गीत सार्बजनिक गरिएको छ ट्रेलरले राम्रै प्रतिक्रिया पाई रहेको छ अनमोलको रोमान्टिक अवतार रहेको चलचित्रको पहिलो गीत ‘यति यति पानी गंगा रानी’ सार्वजनिक गरिएको हो । बलिउडको फ्लेवरमा प्रभावित गीत अंग्रेजी नयाँ बर्षको छेकोमा यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । माघ २६ गते बाट प्रदर्शनमा आउने चलचित्रले गीत र ट्रेलर सार्बजनिक संगै आफ्नो प्रचार प्रसार लाइ पनि तिब्रता दिने निर्माण युनिटले जनाएको छ।

यति यति पानी गंगा रानी बोलको गीतमा अनमोल मात्रै फिचरिङ छन् । गीतमा रेनाशा वान्तवा राईको कोरियोग्राफी रहेको छ । राजेन्द्र भाटको संगीत रहेको गीतको शब्द संगीतकार स्वयंमले लेखेका हुन् भने अल्मोडाको स्वर रहेको छ। सुवास गिरी र भूवन केसीले मिलेर बनाएको चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी,अदिती वुढाथोकी,सरोज खनाल,रुपा राना, अनुपविक्रम शाही,कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।