बिद्यार्थी र अभिभाबकको कथा नफ़क्रिएका फूलहरु


(सेलिब्रेटी नेपाल) काठमाडौँ
अविरल फिल्म्सको ब्यानरमा निर्माण भईरहेको चलचित्र “नफ़क्रिएका फूलहरु” को छायांकन अन्तिम चरणमा पुगेकोछ| बुटवलको विभिन्न रमणीय स्थानहरुमा छायांकन भईरहेको यस चलचित्रमा बिद्यार्थी र अभिभाबकको कथा समेटिएको छ। बिद्यार्थी र अभिभाबकको सेरोफेरोमा आफ्नो कथा घुमाएको यस चलचित्रमा “जसमा जे जस्तो प्रतिभा छ त्यसलाई त्यहि छेत्रमा अवसर दिईयो भने एकदिन आफ्नो सफल भबिस्य बनाउन सकिन्छ ” भन्ने बिसय लाई जोड दिएको छ|
Nafakriyaka-fool-haruबसन्ती थापा , बाबुराम घिमिरे ,प्रिया भण्डारी , क्षितिज पछाई ,सुरक्षा ज्ञवाली ,एस्योर्या, रोशन लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा गोमा लम्साल,अर्जुन पंगेनी र मनकला पाण्डेको लगानी रहेको छ।
दीपक श्रेष्ठको कथागीत र संगीतमा तयार भएको चलचित्रलाई दिपेश डी सीले खिची रहेका छन्। चलचित्रलाई निर्देसक बिष्णु भट्टराई निर्देसन गरेका छन्।