सौगात भन्छन हातै नहाली हालेको भय हुन्थ्यो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
सुनघाभा जस्तो सशक्त चलचित्र निर्देशन गरि सकेका निर्देशक सुवर्ण थापाले निर्देशन गरेको दोश्रो चलचित्र फन्कोको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँको सिने द सेफ हलमा आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। माघ १ गतेबाट प्रदर्शन हुने यो चलचित्रमा प्रियंका कार्की, सौगात मल्ल, दयाहाङ राई र केकी अधिकारीको मुख्य अभिनय रहेको छ।
Nepali-film-fanko
५ जना यूवायूवती पैसाको पछाडि दौडिरहेका कथाबस्तुलाई चलचित्र फन्कोले देखाउन खोजेको छ। थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा नरेन्द्र महर्जन, शहदेव गौतम, पदम गुरुङको लगानी रहेको छ।