प्रियंका र केकी बने जासुस ‘हाउ फन्नी’


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र ‘हाउ फन्नी’ मा प्रियंका कार्की र केकी अधिकारी जासुसको भूमिकामा देखिने भएका छन् । यसमा यी दुइको जीवनमा अनुसन्धानको शिलशिलामा आउने उतार चढावलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । गत मङ्सिर २० बाट छायांकन भईरहेको यस चलचित्रमा यी दुइ नै प्रोटागोनिस्ट हुन् ।
Priyanka-karki-keki-how-funny
यस अघि ‘मेरो बेस्ट फ्रेन्ड’ र ‘फन्को’ मा संगै काम गरिसकेका प्रियंका र केकी मिल्ने साथी पनि हुन् । यसले गर्दा पनि काम गर्न निकै सहज भैरहेको यी दुइ नै बताउछन । कमेडी र सस्पेन्स ‘हाउ फन्नी’ मा दयाहाङ , प्रियंका र केकीसंगै निशा अधिकारि , अनुप बिक्रम शाही र शिशिर राणा लगायतको अभिनय रहेको छ ।

यसै चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा निर्देशकको रुपमा निलु डोमा शेर्पा र कार्यकारी निर्माताको रुपमा पुर्व मिस नेपाल माल्भिका सुब्बा डेब्यु गर्दैछिन । पुर्व मिस नेपाल सुब्बा चलचित्र निर्माणममा आउनुलाई चलचित्रकर्मी तथा सञ्चारकर्मीले सुखद संकेतको रुपमा लिएका छन् । प्राय सामाजिक कार्यमा संलग्न रहने सुब्बाले यस चलचित्रमा मनोरञ्जनसंगै सोसल म्यासेज पनि पाइने बताउदै आएकी छिन । यसमा पटकथा तथा संवाद शान बस्न्यातको रहेको छ ।