(सेलिब्रेटी नेपाल) ३ चैत्र – कुबेतस्थित नेपाली दूतावासले नेपाली कलाकारको भिसा प्रक्रियामा कडाई गर्ने भएको छ । गृह र संस्कृति मन्त्रालयको सहमति र परराष्ट्रको सिफारिसबिना दूताबासले भिसाका लागि सहयोग नगर्ने भएको हो ।कुबेतमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा मदिार पिएर नेपाली-नेपालीबीच नै ‘ग्याङवार’ हुन थालेपछि कलाकारकै भिसा प्रक्रिया कडाई गर्ने दूतावासले निर्णय गरेको खबर छ । ‘रक्सी नखानुहोस्, हुलहुज्जत नगर्नोस भनेर बारम्बार भन्दै आएका थियौं,’ कुबेतका लागि नेपाली राजदूत मधुवन पौडेलले भने, ‘गत साता नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा यस्तो डरलाग्दो ग्याङफाइट भयो, जसले गर्दा अब आउने कलाकारलाई भिसा प्रक्रियामा सिधै सहयोग नगर्ने निणर्य दूतावासले गरेको छ । सांस्कृतिक कार्यक्रममा रक्सी सेवन गरी दर्शकबीच नै झगडा हुँदा त्यहाँ कार्यरत र नेपालबाट आउने नयाँ कामदारलाई अप्ठेरो पर्ने देखिएको दूतावासले जनाएको छ ।
सम्बधित पोस्टहरु
५१ औँ दिनको यात्रामा ‘महाजात्रा’
काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको पाचौँ साता पार गर्दा पनि...
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत
काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमाको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको...
धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ मा आउने
काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु...
‘खजुरे ब्रो’ निर्देशक भन्छन्- फिल्म बनाउँछु भनेर जबरदस्ती बनाउन भएन
दोश्रो सिनेमामा निर्देशनमा झण्डै दशकको समय लगाएका निर्देशक सुरज सुनुवारले राम्रो कथा नभेटेरै यति समय लागेको बताएका छन्। ‘तपाईंसँग रोचक कथा हुनुपर्यो, त्यो बेला मसँग सिनेमा बनाउँछु भनेर कथा पनि भएन। यस्तोमा फिल्म...
हलमा केकीको ‘बोक्सीको घर’ र आयुषको ‘रुस्लान’
शुक्रबारबाट नेपाली वक्सअफिसमा दुई नयाँ सिनेमा ‘बोक्सीको घर’ र बलिउड सिनेमा ‘रुस्लान’ रिलिज भएका छन्। केकी अधिकारी निर्मित सिनेमाले नेपाली समाजमा समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको...
‘मनसरा’ निर्माण टिम कविता कन्सर्टमा
काठमाडौँ। बैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘मनसरा’ निर्माण टिम अहिले सिनेमाको तीव्र प्रचारमा लागेको छ । यो सिनेमाको निर्माण टिमले अन्य सिनेमाको भन्दा केही फरक ढंगले प्रचार प्रसार गरिरहेको छ । सिनेमाको...