नेपाली सेलिब्रेटीको जम्बो टोलि नेपाली कांग्रेसमा प्रवेश


(सेलिब्रेटी नेपाल) २३ कार्तिक -नेपाली सेलिब्रेटीहरु अब को भन्दा को कम को शैलीमा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ। शनिबार बिहान सबेरै १ सय भन्दा बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । निर्माता संघका अध्यक्ष राज कुमार राईको संयोजकत्वामा कलाकारहरु कांग्रेसमा प्रवेश गरेका हुन्।
Raj-kumar-rai-kongress
उनीहरुलाई नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नै निवास महाराजगञ्जमा एक कार्यक्रमका वीच माला र टिका लगाएर कलाकारहरुलाई पार्टीमा प्रवेश गराएका हुन्। पार्टी प्रवेश गर्नेमा नायक जीवन लुइँटेल,धिरेन शाक्य, आयुष रिजाल, मुकेश ढकाल, विरेन श्रेष्ठ, निरज बराल, नायिका रुपा राना, मेलिना मानन्धर,झरना थापा रहेका छन्। यस्तै निर्देशक रमेश वुढाथोकी, सुरज सुब्बा, जनकदिप पराजुली ,कलाकार आकाश खवास, छायांकार पुरुषोत्तम प्रधान, फोटोग्राफर राजिव श्रेष्ठ, गायक प्रकाश ओझा, सन्तु तामाङ, रामेश्वर कार्की, प्रभुशम्शेर जवरा, श्याम राईसहित एक सय जना भन्दा बढी कलाकारहरु काँग्रेस प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेको लिस्टमा कलाकार,निर्देशक,प्राबिधिक गरि ११६ जनाको नाम लिस्ट बनाईएको थियो तर करिब ६० जना जति टिका माला लगाउने कार्यमा उपस्थित भएका थिए। पार्टी प्रवेशको लिस्टमा नाम समाबेश भएका नायक आयुष रिजालले आफ्नो नाम समाबेश भएकोमा खण्डन गरेका छन्। पार्टीमा प्रवेश गर्ने कलाकारको सूचिमा नायक आयुष रिजालको नाम पनि घोषणा गरिएको थियो। धादिङमा रहेका नायक आयुष रिजालले आफू नेपाली कांग्रेस पार्टीमा प्रवेश नगरेको बताएका छन्।