कृष्णको धुन पोखरा बाट छायांकनमा


(सेलिब्रेटी नेपाल) १८ बैशाख-तारा सीतारा प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘धुन’ को पोखरा स्थित ताल बाराही मन्दिरमा पुजा अर्चना गर्दै छायांकन प्रारम्भ भएको छ। करिब २० वटा चलचित्रमा सहायक तथा मुख्य सहायक निर्देशकको रुपमा काम गरि सकेका कृष्ण पौडेलले ‘धुन’ बाट निर्देशकको रुपमा डेब्यु गर्दै छन्।
dhoon team
चलचित्र ‘धुन’म्युजिकल लभ स्टोरी बेस रहने निर्देशक कृष्णले सेलिब्रेटी नेपाल लाई जानकारी गराए चलचित्रमा जीवन र निताको जोडी देख्न सकिने छ। जीवन र निता संगै अन्य कलाकार हरु श्रेया दुलाल,जीवन भट्टराई,मुकेश ढकाल,रमेश बुढाथोकी,नबिन बुढाथोकीको पनि मुख्य भूमिका रहने छ चलचित्रको गीत हरुमा संगीत लक्की सिटौलाको रहेको छ ‘धुन’ का प्रस्तुत कर्ता सुशील शाह रहनेछन भने निर्मात्री श्रेया दुलाल र निर्माताका रुपमा मधुसुदन ढकालको संयुक्त लगानी रहने छ।
shreya dulal