कोमल ओली राजनीति छाडेर कोरिया लागिन्


(सेलिब्रेटी नेपाल) ३ असोज-कहिले पोइल जान पाम् त कहिले शिव लाई बदमास भन्दै चर्चामा रहने गायिका कोमल वली गायन बाट अभिनयतर्फ मोडिन थालेको धेरै भएको छैन। ‘राजनीति’ मा उनले राजेश हमालकी पत्नी र महिला नेतृको भूमिका गरेकी छन्।  विभिन्न हलमा प्रदर्शन भइरहेको ‘राजनीति’ छाडेर उनी भने बुधबार कोरियातर्फ उडिन्,सांगीतिक प्रस्तुतिका लागि।
komal-oli cbn
कोरिया उड्नु अघि ‘उनले चलचित्रमा अभिनय गरेपछि राजनीतिमा पनि प्रवेश गर्न इच्छा लागेको बताइन्’।दक्षिण कोरियाको सोलमा कोरियन चाड ‘छुसक’ मनाउन उनी सांगीतिक टोलीसहित गएकी हुन् । राप्ती समाजले यही सेप्टेम्बर २० मा गर्न लागेको ‘स्वर्गद्वारी सांस्कृतिक कार्यक्रम’ मा कोमलसहित नृत्यांगना गीता राई, गायक डम्बर नेपाली, प्रेमप्रकाश वली, राजु गुरुङ, टीका पुन रहेका छन्।