दयाहाङकि कान्छी बनेकी श्वेतालाइ दया कै भर (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

श्वेता खड्का र दयाहाङ राईको मुख्य अभिनय रहेको र श्वेता खड्का निर्मित चलचित्र ‘कान्छी’को अर्को गीत सार्वजनिक गरिएको छ । ‘यो जिउ दाउमा लाउने…’ बोलको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।

धर्मेन्द्र सेवानको स्वर रहेको गीतलाई दयाराम पाण्डेले लेखेका हुन् । दया, श्वेता, कामेश्वर चौरसिया, अनु शाह, आशंत शर्मा र भूमिका श्रेष्ठ फिचर्ड गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । आकाश अधिकारी निर्देशित चलचित्र ‘कान्छी’ फागुन ४ मा सार्बजनिक प्रदर्शनमा आउने छ । ‘कोहिनूर’ पछी श्वेता निर्माण र अभिनयमा यहि चलचित्र बाट कमब्याक गर्दैछिन् ।