महाभूकम्पको प्रभाव-चलचित्रका गतिबिधि ठप्प कलाकारले गरे सरसफाई


(सेलिब्रेटी नेपाल) काठमाडौँ
शनिबार गएको महाभूकम्प पछि मौन देखिएका चलचित्रकर्मी अब भने केहि गर्ने सोचमा देखिएका छन् । चलचित्र विकास बोर्डको समन्वयमा बिहिबार बसेको बैठकले विभिन्न निर्णय गरेको विकास बोर्डका सदस्य सुरेशदर्पण पोख्रेलले जानकारी दिएका छन् ।
चलचित्र सम्बन्धी सम्पूर्ण संघसंस्थाका पदाधिकारीहरुको उपस्थितीमा बसेको बैठकले १५ दिनसम्म छायांकन र प्रदर्शनका सम्पूर्ण काम रोक्ने निर्णय गरेको छ । भूकम्प आएको दिनदेखि नेपालभरका सबै हल बन्द छन् । १५ दिनपछि परिस्थिती हेरेर अर्को निर्णय गरिनेछ । यस्तै, भूकम्प प्रभावित विभिन्न क्षेत्रमा चलचित्रकर्मीहरुलाई स्वयंमसेवकको रुपमा परिचालन गर्ने निर्णय भएको छ ।
Artist-team
चलचित्र विकास बोर्डले भूकम्पबाट प्रभावित चलचित्र भवन, चलचित्रकर्मीहरुको सूची बनाउने तयारी पनि गरेको छ ।
यस्तै, आज नेपाल चलचित्र कलाकार संघको आयोजनामा काठमाण्डौको गंगोबू क्षेत्र सरसफाई पनि गरिएको छ । सरसफाइमा कलाकारहरु कुचो लिएर पुगेका थिए । कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी लगायतले गंगोबू सफा गरे ।