दयाहाङको ‘दयारानी’ फस्टलुक पोस्टर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: दयाहाङ राइ स्टारर चलचित्र ‘दयारानी’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको फस्टलुक पोस्टर र प्रदर्शन मिति सार्बजनिक गरिएको हो चलचित्र ‘दयारानी’ आगामी नयाँ वर्ष २०७६ को जेष्ठ १० गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ। चलचित्रमा दयाहाङ राई, दीया पुन र विजय बरालको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा यो चलचित्र निर्माण भएको हो । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले चलचित्रको नाम राखिएको निर्देशक गुरुङले बताए । शैलेन्द्रध्वज कार्कीले सिनेमाको छायांकन गरेका हुन् । निर्देशक माओत्से गुरुङले नेपाली समाजको एउटा पात्रको कथालाई सुक्ष्म रुपमा उठान गरेको बताए ।