‘लभ इन चाइना बोर्डर’,’कथा’ र ‘रक्षा’ कस्को भाग्य बलियो


(सेलेब्रिटी नेपाल) ८ चैत्र-मन्जरीले आफ्नो रिलिज डेट सरे पछि यो हप्ता  तिन चलचित्रमात्र भिड्ने भयका छन् ।भोलि सुक्रबार ‘लभ इन चाइना बोर्डर’,’कथा’ र  ‘रक्षा’ काठमाडौका साथै  मोफसलका स्टेशनहरुबाट  रिलिज हुने भयको छ ।
उदय सुब्बाको निर्देशन रहेको चलचित्र  ‘लभ इन चाइना बोर्डरमा’ जेनिशा के.सी, सुवास मेचे, सुनिल थापा, रोहित तामाङ, निर्मल लामा, विश्व मुखिया लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।  यो चलचित्रलाई दिनेश पाख्रीनले निर्माण गरेका हुन् ।
  चर्चा बटुल्न सफल चलचित्र  ‘आचार्य’ का निर्देशक प्रशान्त रसाईलीले निर्देशन गरेको ‘कथा’ ले चौंरी चराउने गोठालाको प्रेम कहानीलाई प्रस्तुत गरेको छ । पुरै छायाँकन सिक्किमा गरिएको यो चलचित्रमा सौगात मल्ल र उषा रजकको जोडी देख्न सकिनेछ  । सौगातको यो पहिलो सोलो नायक भएको चलचित्र  हो ।
 राजु गिरीले निर्देशन गरेको चलचित्र रक्षा पुजना स्त्रीले दिएको भल्गर वेड सिनका कारण विवाद र चर्चामा आएको  थियो ।रक्षालाई पवन वस्नेतले निर्माण गरेका हुन् । ‘रक्षा’ मा पुजना र निर्माता वस्नेतको साथमा अशोक फुया्ल, सुशान्त कार्की लगायतको अभिनय रहेको छ ।यी मध्ये कुन कुन चलचित्रले दर्शक मन जित्ने आफ्नो लगानी सुरक्षित गर्ने हुन ? त्यो अब केहि दिनको प्रतिक्षा पछि थाहा हुने छ ।