बाउन्सर फर्स्ट लुक पोस्टरमा यस्ता देखिन्छन्


(सेलिब्रेटी नेपाल) १५ चैत्र-काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भयको चलचित्र बाउन्सरको फर्स्ट लुक पोस्टर सार्बजनिक गरियको छ ।  चलचित्रलाई अनुभबी निर्देशक मदन घिमिरेले  निर्देशन गरेका हुन । चलचित्रमा प्रशान्त गिरि र सुष्मा कार्कीको जोडी देख्न सकिनेछ । सार्बजनिक गरियको पोस्टरमा पनि सुस्मा  र प्रशान्त लाई देख्न सकिन्छ । चलचित्रमा संगीत अर्जुन पोख्रेल,द्वन्द हिमाल के सी ,क्यामेरा कृष्ण श्रेष्ठको रहेको छ । चलचित्रको सम्पादन बिपिन मल्लले गरेका छन । रेस्टुरेन्टको सुरक्षा गार्डको वरिपरी  चलचित्रको कथा केन्द्रित रहेको छ । चलचित्र आउँदो जेठमा  प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ।