बागमतीमा देखिएला शिव श्रेष्ठ क्रेज ?


सेलिब्रेटी नेपाल काठमाडौँ
पौष २४ लाई रिलिज मिति तय गरेको चलचित्र बागमती युनिट अहिले प्रचार प्रसारमा व्यस्त छ । निर्माण टिमको तर्फबाट आईतवार राजधानीमा आयोजित पत्रकारसँग अन्तर्क्रिया कार्यक्रममा चलचित्रका कलाकारहरुले आफ्नो आफ्नो अनुभव सुनाए । प्रचारात्मक कार्यक्रममा पहिलोपटक देखिएकी नायिका केकी अधिकारीले बागमती चलचित्रसँग नाम जोड्न पाउनु नै आफ्नो लागी ठुलो उपलब्धी भएको सुनाईन् ।
Keki-adhikari-shiv-shrestha
साउथ ईण्डियन प्रविधीमा साउथकै निर्देशकले बनाएको यो चलचित्रले नेपाल र भारबीचको चिसिंदो सम्बन्धलाई सुधार गर्नको लागी पनि महत्वपुर्ण भूमिका खेल्ने आशा केकीको छ । ‘नेपाली कथा र परिवेशमा भारतिय निर्देशकले बनाएको यो चलचित्रले दुई देशिय सम्बन्धलाई मजबुद बनाउनको लागी पक्कै पनि भुमिका खेल्ने मेरो विश्वास छ’ कालो पहिरनमा चिटिक्क सजिएकी केकी बोलिन् ।

त्यस्तै पुराना नायक शिव श्रेष्ठले ‘क्राईसिस’को समयमा पनि निकै मेहनत र उच्च प्रविधीका साथ बनेको यो चलचित्र पुर्ण मनोरञ्जनको खुराक बनेको धारणा राखे । उनले चलचित्र अन्तर्राष्ट्रिय स्तरको बनेको भन्दै आफुले अहिलेसम्म खेलेका सबै चलचित्रभण्दा फरक बनेको दाबी समेत गरे ।
कार्यक्रममा निर्माण टिमको तर्फबाट प्रस्तुतकर्ता बिजय सत्याल र दिनेश दर्शनधारी तथा निर्मात्री यशोदा राईले निर्माणमा तथा प्रविधिको प्रयोगमा कुनै कन्जुस्याईं नगरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी देखिए ।चलचित्रमा शिव र केकीसँगै राजेश हमाल, श्रेया कार्की, रविकर घिमिरे लगायतको अभिनय रहेको छ।