अतित र सायाको प्रेम ‘समर लभ’ को टिजर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : केहि समय अगाडी मात्र फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको चलचित्र‘समर लभ’ को टिजर सार्वजनिक गरिएको छ । लेखक सुबिन भट्टराईद्वारा लिखित पुस्तक ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ टिजरमा यसको कथासार र क्यारेक्टरलाई चिनाइएको छ । आशिष पिया , रेवती क्षेत्रीले यसै चलचित्र मार्फत चलचित्रमा डेब्यु गर्दैछन । यसमा आशिष ‘अतित’ र रेवती ‘साया’ को भूमिकामा छन् । ‘नाइँ नभन्नू ल ३’ निर्देशक मुस्कान ढकालले चलचित्रको निर्देशन गरेका हुन् ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने चलचित्रको संवाद सुबिन र सामीप्य मिलेर लेखेका हुन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको चलचित्रमा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । चलचित्रमा पुष्पन प्रधानको संगीत रहेको छ भने चलचित्रलाई सञ्जय लामाले छायांकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरिरहेका छन् ।