ज्यूदै चीतामा जलेर आत्मदाह कार्तिकमा


(सेलिब्रेटी नेपाल) २४ भाद्र-नारी सतित्वलाइ बचाई राख्न पतिको मृत्यु पछि पति संगै ज्यूदै चीतामा जलेर आत्मदाह गर्नु पर्ने प्रथालाइ मुख्य विषय बस्तु बनाएको चलचित्र सती अब कार्तिकमा चल्ने भएको छ। चलचित्रले १०० वर्ष अघिसम्मको त्यो युगमा कसरी महिलालाई आफ्नो श्रीमानको मृत्यु पश्चात सती जान वाध्य पारिन्थयो भन्ने कथालाई मुख्य रुपमा उठान गरेको छ।
Sati-movie
मोते फिल्म्स प्रा ली द्वारा निर्मित उक्त चलचित्रलाइ सुमन मोतेले निर्देशन गरेका छन् भने यस चलचित्रका निर्माता हुन् गणेश मोते। चलचित्रमा अपेक्षा अधिकारी, मनोज मोते, राजन कार्की, रेखा धिमाल आदि कलाकारले मुख्य अभिनय गरेका छन्। यस चलचित्रका संगीतकार बिकाश चौधरी हुन् भने द्वन्द उन्छोंन चेम्जोङ्गको रहेको छ।