दिलीपको मनले अनिशालाई खोजे पछि (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
पूर्ण रूपमा पारिवारिक प्रेमकथामा र पुरुषबाट पिडित हुने नारीको कथालाई मूख्य बिषय बनाएर निर्माण गरिएको चलचित्र ‘लोग्ने मान्छे’ टेलिचलचित्र निर्देशकको रुपमा प्रख्यात निर्देशक लय संग्रौलाले निर्देशन गरेका हुन् । उक्त चलचित्रले भर्खरै “यो आखाले….” बोलको गीत सार्बजनिक गरेको छ । प्रदर्शनमिति नजिकिदै गर्दा सार्बजनिक गरिएको गीतमा अभिनेता दीलिप रायमाझी र अभिनेत्री अनिशा गुरुङ फिचरिङ भएका छन् ।
logne manche 1
नेपाली चलचित्रबाट धेरै वर्ष टाढा रहेका दीलिपको यो कम्ब्याक चलचित्र हो । चलचित्रमा दीलिप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौला लगायतका कलाकारको अभिनय रहेको छ । कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्द्ध र वनिश शाहको सम्पादन रहेको चलचित्र माघ २३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।