अनमोल स्टारर ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । झरना थापा निर्देशीत चलचित्रको को दोस्रो गीत शुक्रबार सामाजिक सञ्जाल युट्युब मार्फत सार्बजनिक गरिएको हो । सार्वजनिक ‘परान’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा आशिष अविरलको संगीत, आनन्द अधिकारीको शब्द तथा आशिष र अन्जु पन्तको स्वर छ । यो गीतको भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । सांगीतक प्रेमकथा बोल्ने चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ । चलचित्र आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।