अनमोल केसी बने फुटबलर ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएहो हो । अभिनेता अनमोल केसी पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत हुँदैछन् । चलचित्रबाट अनमोलको जोडी बनेर दुई अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यु गर्दैछन् ।

सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भुवन केसीले निर्माण गरेको चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सामिप्यराज तिमल्सिनाको कथा, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ । चलचित्र आगामी फाल्गुन १७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।