अकेशाको जिन्दगि रक्स बन्दै


(सेलिब्रेटी नेपाल) काठमाडौँ
थुप्रै म्युजिक भिडीयोको निर्देशन गरि सकेका निर्देशक निकेश खड्काद्धारा निर्देशित पहिलो चलचित्र जिन्दगी रक्स डबिङको अन्तिम चरणमा पुगेको छ। विशुद्ध मनोरञ्जनात्मक र सामाजीक कथामा केन्द्रित चलचित्र जिन्दगी रक्सले हरेक मानिसले आफ्नो युवा व्यबहार र जीवन शैलीलाई ४ जना युवा कलाकारका मार्फत प्रस्तुत गर्न खोजेको निर्देशक खड्काले बताए। मोडल तथा भी.जे.अकेशा विष्ट यस चलचित्र मार्फत दर्शक माझ पहिलो पटक देखिदै छिन्। उनले जिन्दगी रक्स भन्दा अगाडी नाम चलेका निर्देशक र ठुला ब्यानरबाट प्रस्ताब आउँदा समेत नखेलेर यो चलचित्र मार्फत पहिलो पटक सिने नगरीमा डेब्यु गरेकी छिन्।
Akesha-Bista-Zindagi-rocks
जिन्दगी रक्समा अकेशासँगै सौरमराज तुलाधर, सोनाम पाख्रिन, रिचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी, र पाका कलाकार तथा द्धन्द निर्देशक राजेन्द्र खड्गीले अभिनय गरेका छन्। भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठको निर्माणमा बनेको चलचित्रमा उमेश मर्हजनको द्धन्द्ध, हरि हुमागाईको छायांकन रहेको छ।