खगेन्द्रको ‘डमरुको डण्डीबियो’ फर्स्टलुक सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेता खगेन्द्र लामिछाने अभिनित नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति फिक्स हुन् बाँकी यो चलचित्रको पोष्टरमा खगेन्द्रलाई डण्डीबियो खेल्दै गरेको देख्न सकिन्छ ।

लोप हुँदै गएको नेपाली खेल डण्डीबियोको कथालाई बिषय बनाएको चलचित्रमा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेले लगानी गरेको चलचित्रको ७५ प्रतिशत छायाँकन लमजुङको घले गाउँमा गरिएको छ ।

छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको चलचित्र हरी हुमागाइँले खिचेका हुन् ।