ज्योति मगरले गायक तथा संगीतकार रेस लाइ किस गर्न दिन्न भन्दै तडपाइन् (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली गीत संगीत सुन्ने दर्शक तथा श्रोताहरु धेरै किसिमका छन् कसै लाइ पप गीत मन पर्छ। कसैलाई आधुनिक त कसैलाई लोक गीत दर्शक श्रोताहरुको चाहना अनुरुप गायक गायिका हरुले भिन्न भिन्न गीत हरु रेकर्ड गराई रहेका हुन्छन र सार्बजनिक गरि रहेका हुन्छन। ज्योति मगरका फ्यान हरुको लागि ज्योति मगरको आवाजमा नयाँ गीत आउंदै छ । रेस बि.सी.को संगीत रहेको गीतमा ज्योति मगर र रेस बि.सी.को स्वर रहेको छ भने गीतको शब्द कमल बिरही थापाको रहेको छ । केशब बडुले संगीत संयोजन गरेको गीत हालै मात्र मारुनी डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग सम्पन्न भएको छ। प्रतिभाशाली व्यक्तित्व रेस को स्वर तथा संगीत रहेको यस गीत रमाइलो खालको छ । शब्द पनि रमाइला छन्। केटा र केटि जिस्कने खालको गीतमा किस गर्न दिन्न तिमि सार्है राम्री जस्ता शब्द हरु पनि प्रयोग गरिएका छन् । छिट्टै नै म्युजिक भिडियो सहित गीत सार्बजनिक गरिने गायक तथा संगीतकार बताउछन् ।