मोफसल प्रचारमा ‘जय शम्भु’ टिम


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘जय शम्भु’ टिम यतिबेला प्रचार प्रसारको लागिमोफसल यात्रामा हिँडेका छन् । चलचित्र युनिटले शुक्रवार बेलुका पोखराको सबै रात्रिकालिन होटलहरुमा आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई चलचित्रको वारेमा जानकारी गराएका छन् । चलचित्र युनिटले शनिबार बिहान पोखरामाआयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चलचित्रका टिमले ‘जय शम्भु’ को वारेमाजानकारी दिएका हुन् । एक्शन लभस्टोरी भनिएको चलचित्रका वारेमा जानकारी गराउन कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही लगायत उपस्थित भएकाथिए । नायिकाबर्षा शिवाकोटी भने मौसम खराबका कारण पोखराको उडान हुन नसकेपछि काठमाडौंमै रोकिएकीथिईन् ।

पोखरामा रहेको चलचित्रका टिम बुटवल प्रस्थानभएका छन् । बुटवलमा नायिकाबर्षा शिवाकोटी पनि उपस्थित हुनेछिन् । चलचित्र युनिट आइतबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम सकाएर त्यहाँबाट चितवन र हेटौंडा तर्फ लाग्नेछन् । चितवन र हेटौंडाको कार्यक्रम सकाएर चलचित्र युनिट २८ गते सोमबार काठमाडौं फर्कनेछन् ।

प्रदर्शन मिती नजिकिँदै गर्दा चलचित्र युनिटले प्रचार प्रसारलाई तीव्र पारेका हुन् । देशव्यापी प्रचार प्रसारमा देखिएका चलचित्रका टिमले प्रचारको नयाँ शैलीअपनाएकाहुन् । ‘जयशम्भु’ भाद्र १ बाट रिलिज सँगै एक्शन लभस्टोरी मन पराउने दर्शकको आशा पुरा हुने बताईएको छ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’ मा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशलशर्माा र शिक्षा काफ्ले हुन् । चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । चलचित्रमा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । चलचित्रमा प्रशान्त, अनुप र बर्षा सँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु रानाआदको मूख्य भुमिका रहेको छ । चलचित्रलाई राजधानीमा बिके चलचित्र कागोपालकाजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।