‘हैरान’ रोमान्टिक गीत तिमि मुस्कुराउदा सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

जेठ ४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘हैरान’ मा समावेश लभ सङ्ग सार्बजनिक गरिएको छ । यस अघि टाइटल गीत , टिजर र ट्रेलर सार्वजनिक गरेको चलचित्र युनिटले रोमान्टिक गीत सार्वजनिक गरेको हो । गीतमा चलचित्रका मुख्य कलाकारहरु गजित विष्ट , निश्मा घिमिरे , मोहमद वशिम राजा र आरोही शर्मा फिचर्ड छन् । गीतलाई रमणीय दृश्यमा छायाँकन गरिएको छ ।

गीतमा स्वरूप राज आचार्य र दुर्गा परियारको स्वर रहेको छ भने यसमा शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतलाई गम्भिर विष्टले निर्देशन गरेका छन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको चलचित्रलाई कमेडी र एक्सन जनरामा तयार पारिएको छ ।

चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , शिशिर भण्डारी, एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

चलचित्रमा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । चलचित्रको डीओपी नवराज उप्रेती र छायाँकार निरज कडेल रहेका छन् चलचित्रलाइ प्रितम पाण्डेले सम्पादन गरेका हुन् ।