दीपावलीमा प्रदर्शनमा आउने रमेशको ऐश्वर्य पहिलो गीत सार्बजनिक



सेलिब्रेटी नेपाल काठमाडौँ
रमेश उप्रेतीको निर्माण र अभिनय रहेको चलचित्र ‘ऐश्वर्य’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरेर ‘तिमि रोएको पल…’ बोलको गीत सार्वजनिक गरियको हो । कार्यक्रममा चलचित्र युनिट,चलचित्र कर्मी तथा बाक्लो पत्रकारको उपस्थिति रहेको थियो । चलचित्र ‘ऐश्वर्य’ दिपावलीको अवसर पारेर लक्ष्मीपुजाको दिन कार्तिक २ गते प्रदर्शनमा आउने छ ।

अर्जुन पोखरेलको शब्द/संगीतमा तयार भएको गीतमा अभिनेता रमेश उप्रेतीसँगै नव-प्रस्तुति दीपिका प्रसाई फिचरिङ भएका छन् । कुनै बेला सिनेमामा अत्याधिक व्यस्त भैरहेकै बेला रमेश वैदेशिक मोहले अमेरिका हानिएका थिए। अमेरिका पछी नेपाल आएका रमेशको करियरमा यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्नेछ ।

गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । भिडियोमा कोरियोग्राफी तेन्जु योन्जन र एन्जिला खत्रीले गरेका छन् । नेपालका रमणीय स्थानमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले खिचेका हुन् । अर्जुन श्रेष्ठ र किरण राना निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता रमेश उप्रेती हुन् । चलचित्रमा रमेश उप्रेतीकै कथा र निर्देशक दिवाकरको पटकथा संवाद रहेको छ ।

दिवाकर भट्टराई निर्देशित चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रशाई, प्रशान्त ताम्राकार, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।