‘दाग छैन अब जुनमा’ भन्दै गजित निश्माको तारिफ गर्दै (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘हैरान’को नयाँ गीत ‘दाग छैन अब जुनमा’ सार्वजनिक भएको छ । गीतमा चन्द्रमणि भट्टराईको शब्द, किरण कँडेलको संगीत र युवराज चौलागाई, इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । गीतमा निश्मा र गजित विष्ट देख्न सकिन्छ ।

विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको चलचित्रलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । डेब्यु चलचित्र ‘लभ यु बाबा’मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यो चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, शिशिर भण्डारी, एन्जल राई, आरोही शर्मालगायतको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री छिन् । फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट, द्वन्दमा चन्द्र पन्त, संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठ छन् ।