बन्ने भो प्रशान्त र दियाको ‘कस्मिक लभ’


सेलिब्रेटी नेपाल काठमाडौँ

लब स्टोरी चलचित्र ‘कस्मिक लभ’ बन्ने भएको छ जय गौतमले निर्माण गर्ने चलचित्रमा प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्केको मुख्य भूमिका रहनेछ । मुभी मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता सुरज प्रधान रहेका छन् चलचित्रका अन्य कलाकारहरु भने फाईनल हुन बाँकी रहेको छ।

शंकर अधिकारीले निर्देशन गर्ने चलचित्रको यहि असारको १ गतेबाट छायांकन सुरु हुने छ चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहेका छन्। शेखर ज्ञवालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व निर्देशन रहने छ।