कमेडी चलचित्र ‘१२ मासे’को ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

कमेडी चलचित्र ‘१२ मासे’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यो चलचित्रमा जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ । ट्रेलरमा अधिकांश कमेडी सम्वादहरु रहेका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्देशक लय संग्रौलाले चलचित्र बिशुद्ध हाँस्य प्रदान रहेको बताए । साथै आफ्नो चलचित्रमा नचलेका कलाकारहरु रहेको स्विकार्छन् । उनले हामीहरु मल्टिप्लेक्समा हिट हुने कलाकार होइनौं समेत भन्न भ्याए । कार्यक्रममा नक्कली प्रचण्ड भनेर चिनिने चलचित्रका स्क्रिप्ट लेखक तथा निर्माता प्रदीप पाठकले कमेडी प्रस्तुती समेत दिएका थिए ।

चलचित्रमा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बसु न्यौपानेले छायांकन गरेको चलचित्र लाइ अनन्त घिमिरेले सम्पादन गरेका हुन् चलचित्र आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउनेछ ।