चर्खा पहिलो गीत घन घन मादल घनकीयो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

हेटौडाका युवा ब्यबसायिहरुको समुह मिलेर निर्माण गरीएको चलचित्र चर्खामा समाबेश घन घन मादल घनकीयो बोलको भिडियो गीत सार्बजनिक गरीएको छ । सार्बजनिक गीत नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीको रहेको छ । मकवानपुरको बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरीएको यो गीतलाई दिब्य सुबेदीले छायांकन गरेका हुन् भने कबिराज गहतराजले कोरीयोग्राफी गरेका छन ।

बिकाश चौधरीको संगीत रहेको यो गीतलाई चलचित्रका निर्देशक गोबिन्द गौतमले लेखेका हुन । सार्बजनिक गीतमा रामचन्द्र काफले र जुनु रिजालको आवाज रहेको छ । अर्जुन जिसिको सम्पादन रहेको यो गीतको भिडियोमा चालीस जना पुरुष र चालीस जना महिलाहरुको जम्बो नृत्यगंनाहरु सगैं नायक दीलीप रायमाझी र गायिका जुनु रिजालको जोडीलाई फिचरीग गरीएको छ । चलचित्रमा निर्जन थापा,सुशान्त कार्की,सुरबिना कार्की,रजनि केशी,जुनु रिजाल,दिलिप रायमाझी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

संजिता फिल्मसको पहिलो प्रस्तुतीका रुपमा निर्माण भएको यो चलचित्रलाई मकवानपुर र सिक्कमका रमणिए दृशयहरुमा छायॉकन गरीएको निर्देशक गौतमले बताएका छन ।

चलचित्रका प्रस्तुतकर्ता गैर आबासिय नेपाली संघ बेल्जियमका शहदेब गौतम रहेकाछन । गौतमले यस अघि थ्रि लर्बस,फन्को,भाग सानी भाग,हिरो रिर्टनस लगाएतका चलचित्रहरुमा लगानी गरीसकेकाछन । चलचित्रमा सहनिर्देशक अनमोल शर्मा,निर्माण ब्यबस्थापन ईश्वर घिमिरे,दवन्द निर्देशन रोशन श्रेष्ठ,नृत्य कबिराज गहतराजको रहेको छ । चलचित्रमा पारीवारीक कथाबस्तु हेर्न पाईने बताईएको छ । चलचित्रलाई निर्देशक गोबिन्द गौतमलेनै लेखेका हुन । चलचित्रको प्रर्दशन मिति भने सार्बजनिक गरीएको छैन।