‘चङ्गा चेट’ पोस्टरमा चङ्गामै उडे कलाकार


काठमाडौं। दिपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । नयाँ कन्सेप्टमा सार्वजनिक गरिएको चलचित्रको पोष्टरमा चङ्गालाई नै विषेश स्थान दिईएको छ । चङ्गामा चलचित्रका कलाकारलाई उडाएको पोष्टरमा देख्न सकिन्छ ।

पोस्टरमा चलचित्रका सबै कलाकारहरु आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र शिशिर बाङदेललाई प्रस्तुत गरिएको छ ।

‘चङ्गा चेट’ले केहि समय अगाडि ‘गोजीमा दाम छैन’बोलको गीत सार्वजनिक गरिसकेको छ । जुन गीत लोकप्रिय भैरहेको छ । त्योसंगै चलचित्रको दोस्रो गीत ‘ढल्की ढल्की’लाई पनि दर्शकले रुचाएका छन् ।

कात्तिक १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । चलचित्रको कथा प्रदीप भारद्वाजको लेखेका हुन । चलचित्रमा अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायांकन, सूर्य ठोकरको द्वन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

चलचित्रमा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्मा अथिति भुमिकामा प्रस्तुत भएका छन् ।