चलचित्र विकास बोर्डमा निकिता पौडेल नियुत्त


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुत्त भएकी छिन् । नेपाली चलचित्र क्षेत्रको महत्वपुर्ण यस संस्थामा पहिलो पटक महिलाका रुपमा निकिता पौडेल पुगेकी हुन् । निकिताको नियुक्ति संगै करिब ५ महिना देखि रिक्त रहेको बोर्डले नेतृत्व प्राप्त गरेको छ ।

वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्यालको छोरी समेत रहेकी उद्यगी तथा चलचित्रकर्मी पौडेलको नियुक्ति संगै विकास बोर्डको पद पूर्ति भएको छ ।
दोलखाको फिल्म सिटी निर्माण सम्पन्न, बक्स अफिस, नेपाली चलचित्राई विदेश प्रदर्शन सहज बनाउँने, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकहरुको संरक्षणका निमित्त महत्वपुर्ण काम गर्ने, विदेशी चलचित्रको नेपाल छायाँकन सहज र बृद्धी गर्ने लक्ष्य नव नियुत्त अध्यक्ष पाडेलले राख्नु भएको छ ।