बिपिन र नम्रताको ‘प्रसाद’ इन्ड क्ल्याप


सेलिब्रेटी नेपाल काठमाडौँ

बिपिन कार्की र नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को छायांकन सकिएको छ। आइतबार चलचित्रको एक कार्यक्रम गर्दै इन्ड क्ल्याप गरिएको हो । चलचित्रमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रमा नम्रता र विपिन श्रीमान् श्रीमतीको भुमिकामा देखिने भएका छन्।

दिनेश राउतले निर्देशन गरको चलचित्रमा नि:सन्तान दम्पतीको पिडा र उनीहरु बिचको विवादलाई प्रस्तुत गरिएको छ । पत्रकार सुशिल पौडेलले लेखेको चलचित्रमा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्रमा देखाइने छ। चलचित्रमा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्। सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहेको छ भने चलचित्र लाइ राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।