बरुण धवन अब अनुष्का संगै बन्ने भए मजदुर


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

वरुण धवनको पछिल्लो फिल्म जुडवा २ प्रदर्शनको लागि तयार भएको छ । कमेडी जनाराको फिल्म २९ सेप्टेम्बरमा प्रदर्शनमा आउने छ । यस पश्चात बरुण फिल्म ‘सुइ धागा’ मा देखिनेछन् । यस फिल्ममा बरुनको अपोजिटमा अनुष्का शर्माले अभिनय गर्ने छिन । आउने जनवरीबाट फिल्म फ्लोरमा जाने छ । यस फिल्ममा बरुण छुट्टै भूमिकामा देखिने छन् । एक सुत्रका अनुसार यस फिल्ममा बरुण एक मजदुरको भूमिकामा देखिने छन् । यस फिल्म मार्फत भारतमा रहेका मजदुरहरु लाई प्रोत्साहन गरिनेछ । फिल्मका निर्देशक शरत कटारिया हुन् । जब शरतले बरुण लाई कथा सुनाए तब बरुण एकदम खुसि भएका थिए र तुरुन्तै अभिनय गर्न राजि पनि भए । यस अघि निर्देशक शरतले ‘दम लगा के हइशा’ को निर्देशन गरेका थिए उक्त फिल्म बक्स अफिसमा सफल पनि बनेको थियो ।