फ्राईडे रिलिज अन्तर्गत तिन नेपाली चलचित्र प्रदर्शनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

फ्राईडे रिलिज अन्तर्गत आज बाट तिन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका तिन चलचित्र छुट्टा छुट्टै जनराका छन् । तिन चलचित्रको चर्चा गरौँ
चलचित्र अनुराग
म्युजिकल लभस्टोरी चलचित्र ‘अनुराग’ ऋषिराज धमला प्रस्तुतकर्ता रहेका छन् भने उनकी पत्नी एलिजा गौतमले निर्माण गरेकी हुन् । चलचित्र अनुरागबाट धमला पत्नी एलिजा गौतम र नव नायक समुन्द्र पण्डित नेपाली चलचित्रमा डेव्यु गर्दैछन् ।

सत्यराज चौलागाईले निर्देशन गरेको चलचित्रमा एलिजा र समुन्द्रका अलवा ठिलेंन लामा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल, शिशिर राणा, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । अनुरागमा किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा रहेको छ चलचित्रमा भरत गौतम र गीता भेटवालको पनि लगानी रहेको छ । रामकुमार केसीले छायांकन गरेको चलचित्रमा तारा प्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको छ ।

चलचित्र ‘छिरिङ’
निमा रुम्बा र यशकुमार स्टारर चलचित्र ‘छिरिङ’ दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध चलचित्रको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । यसै चलचित्रबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् । चलचित्रमा यश कुमार,निमा रुम्बा,कामना भुजेलको मुख्य अभिनय रहेको छ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यशले यम थापासँग मिलेर लेखेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । यी दुइ चलचित्र संगै चलचित्र कथा काठमाडौँ पनि प्रदर्शनमा आएको छ ।