अनुप र शिल्पाको विवाहको तस्बिर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘वीराङ्गना’ मा अनुपविक्रम शाही र शिल्पा पोखरेलको मूख्य भुमिका रहेको छ । यी दुबै शसस्त्र प्रहरीको भुमिका देखिएका छन् तर चलचित्र भित्र यीदुई विवाहबन्धनमाबाँधिएको फोटो भने निर्माण टिमले सार्वजनिक गरेका थिएनन् । हालै निर्माण टिमले नायकअनुपविक्रम शाही सुटिङमै व्यस्त भएको र फिल्मको प्रमोशनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुने गरि फिल्म भित्रको मूख्य दृश्यको केही फोटो सार्वजनिक गरिएको छ ।

चलचित्र भित्र नायिका शिल्पापोखरेल र नायकअनुपविक्रम शाही विवाहबन्धनमा बाँधिएका छन् । महिला शसस्त्रप्रहरीको विरतामा आधारित चलचित्र ‘वीराङ्गना’ लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको छ । महिला शसस्त्र शिल्पासँग अनुपको मिलनपछि विवाहको दृश्य राखिएको छ । उक्त दृश्य चलचित्रको मूख्य पार्ट भएको बुझिएको छ ।

चलचित्रमा मूख्य कलाकारहरु शिल्पा पोखरेल, अनुपविक्रम शाही, पृथ्वी राज प्रसाई, प्रज्वलगिरी, शुशिलपोखरेल, धुर्ब कोईराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास,श्यामबहादुर थापा, रघु परियार,देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

चलचित्रमा दिपकशर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराजगहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ । चलचित्रलाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीलेवितरण गर्ने भएका छन् ।