अन्जु पन्तको हजार गल्ती सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । एल्बम मोसन अफ लभमा समाबेस “तिम्रा हजार गल्ती” बोलको गीत नवनारी मिडियाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा गीतकार बिजया गुरुङ्गको शब्द अनि संगीतकार बिनोद पछाईको संगीत रहेको छ । यस गीतमा नायिका संचिता लुइटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको अभिनय रहेको छ । श्रीमान श्रीमतीको प्रेम कथामा आधारित यस गीतलाई भिडियो निर्देशन निशान कायस्थले गरेका हुन् भने अर्जुन तिवारीले छायांकन र बिकाश धमलाले सम्पादन गरेका हुन्।