अनमोलको स्टारडम देखियो ‘कृ’ सबैतिर हाउसफुल


सेलिब्रेटी नेपाल काठमाडौँ

अनमोल के.सी.स्टारर चलचित्र ‘कृ’ले शनिबार देशैभर आक्रामक ब्यापार गर्न सफल भएको छ । पहिलो दिन देशैभरि ७५ प्रतिशत अकुपेन्सी रहेको ‘कृ’को दोस्रो दिन करिब शतप्रतिशत अकुपेन्सी रहेको छ । राजधानीको अष्टनारायण हलका सबै पर्दा ‘कृ’ दर्शकले हाउसफुल हुँदा विदेशी सिनेमाको शोज कटौती भएको छ । उक्त हलमा ‘कृ’लाई ३ र विदेशी सिनेमालाई १ पर्दा बाँडीएको थियो । ‘कृ’ दर्शकको ओभरफ्लो भएपछी विदेशी सिनेमालाई रिप्लेस गरिएको हो ।

त्यस्तै गोपीकृष्ण मुभिजका अधिकाँस ठुला हल शनिबार हाउसफुल भएका छन् । भने मल्टिप्लेक्सका सबै सोज सोल्डआउट भएका छन् । चितवन र पोखराको क्युएफएक्स चेनमा दिवा र रात्री सोज पनि सोल्डआउट भईसकेका छन् ।चलचित्रको दुई दिने कलेक्सन भने अहिले सार्बजनिक गरिएको छैन ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अनमोलका अलावा अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । भुवन केसी र सुवास गिरीको लगानीमा बनेको चलचित्रमा चन्द्र पन्तको द्वन्द, अल्मोडा राना उप्रेती र विशेष पाण्डेको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद रहेको छ ।