एडिलेडबाट सुरेनको लक्ष्य यस्तो आयो


सेलिब्रेटी नेपाल एडिलेड

एडिलेड निवासी गायक सुरेन श्रेष्ठले आफ्नो दोश्रो रोमान्टिक म्युजिक भिडियो लक्ष्य सार्वजनिक गरेका छ्न । रोमान्टिक पप शैलीको यो गीतका गायक, रचनाकार तथा कम्पोजर सुरेन श्रेष्ठ आफै हुन भने संगीत संयोजन दीनेश श्रेष्ठ को रहेको छ । माया र रोमान्समा आधारीत “लक्ष्य “बोल को गीतको म्युजिक भिडियो एडिलेड को रमणीय स्थलमा गरिएको छ ।

यो गीतमा राम्बो अधिकारि , नित्या श्रेष्ठ, कोहिनूर गौतमले अभिनय गरेका छन् भने उनिहरु लाई साथ दिएका छ्न गृश्मा श्रेष्ठ, रचना श्रेष्ठ अनि सम्झना फुयाँलले । म्युजिक भिडियोलाई निर्देशन,छायाङ्कन ,सम्पादन जीवन रसाईलिले गरेका हुन् । एडिलेडमा छायाङ्कन गरिएको यो पहिलो नेपाली म्युजिक भिडियो हो ।