अवुनको जन्म दिन पारेर ‘नाचन ठुली’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका अवुन पाण्डेको जन्म दिनको अबसर परेर गायिका अवुन र गायक काली प्रसाद बास्कोटाको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । नाचन ठुली बोलको गीतमा टिका दाहालको संगीत रहेको छ भने रमेश दाहालको शब्द रहेको छ ।

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीत डान्सिङ्ग प्याटनको बनेको छ । लवांग तामांङले कोरियोग्राफी गरेको भिडियोलाई बिष्णु तामांङले निर्देशन गरेका हुन् । अबिशक शर्माले भिडियोलाइ छायांकन र सम्पादन गरेका हुन् । रन्जना म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । द स्टार लाइट डान्स ग्रुपलाई फिचर गरिएको भिडियोलाई केआइइसी ग्लोबलले प्रस्तुत गरेको हो ।