टिआरको ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक (भिडियो)



काठमाडौंँ । गीतमा मनछुने शब्द समेटेर सबैको मन जित्दै आएका गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक गरिएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् । गीतमा संगीतकार गिरीकै स्वर रहेको छ । भिडियोमा पुष्प खड्का, प्रथम खड्का र गरिमा शर्मा फिचर्ड छन् ।

निर्देशक समेत रहेका अभिनेता मोडल प्रथम खड्काको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । उनका नृत्यका फरक स्टेप र आकर्षण हाउभाउ तारिफ योग्य छन् । अभिनेता पुष्प र गरिमाको नृत्य र अभिनय पनि सुहाउँदो छ । गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।

माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफीरहेको भिडियोमा उत्सव दाहालको छायाँकन, साइलेन लम्सालको सम्पादन रहेको छ । माया र पैसालाई आधार बनाएर लेखिएको गीतमा जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्व हुने देखाउन खोजिएको छ । गीतले प्रेम र बिछोड समेत ब्यक्त गरेको छ । गीतकार टिआर ब्यवसायी पनि हुन् ।